स्काउट, रेडक्रस जस्ता संस्थामा राजनीतिकरण हुँदा प्रभावकारी बन्न सकेनन् : नेता निधि

फाल्गुन १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्काउट, रेडक्रस जस्ता संस्थामा राजनीतिकरण हुँदा प्रभावकारी बन्न सकेनन् : नेता निधि

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले नेपाल स्काउट, रेडक्रस लगायतका संस्थानहरूमा राजनीतिकरण हुँदा राम्रोसँग काम गर्न नसकेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले नेपाल स्काउट, रेडक्रस लगायतका संस्थाहरूमा धेरै राजनीतिकरण भएको बताउनुभयो । उहाँले सामाजिक संस्थाहरुलाई राजनीतिक रूपमा नियन्त्रणमा राख्ने प्रवृत्तिले मूल ध्येय नै विचलित हुन पुगेको बताउनुभयो । उहाँले नयाँ पुस्तालाई अवसर पाउनुपर्ने कुरामा कुनै प्रश्न नरहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल स्काउट, रेडक्रस लगायतका यस्ता संस्थाहरू राजनीतिकरण धेरै भएको कारणले राजनीतिक रूपमा नियन्त्रणमा राख्ने प्रवृत्तिले मूल गोल नै विकसित हुन सकिरहेको छैन । त्यसबाट जोगाएर अघि बढौं । नयाँ पुस्ताले अवसर पाउनु पर्दछ । क्षमताको विकास गर्नुपर्दछ । नेतृत्वको विकास गर्नुपर्छ । पुराना पुस्तालाई पनि सम्मान गर्दै जानुपर्छ ।”


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement