बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङखोलाको खहरे फुर्सेधारामा सोमबार साँझ पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
लु ३ च ५५६९ नम्बरको जीप दुर्घटना हुँदा निसीखोला गाउँपालिका–७ का ७५ वर्षीय खड्क बहादुर कुँवर, र ढोरपाटन नगरपालिका–५ नाथुरेका ३५ वर्षीय जुना कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
उनीहरूको बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । दुर्घटनामा परि बडिगाड गाउँपालिका–९ का ६३ वर्षीय तेज कुमारी बुढाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ ।
बडिगाड गाउँपालिका–९ का ५० वर्षीय निमसरा बुढा, ५२ वर्षीया यम कुमारी पौडेल, ३० वर्षीया सिता पौडेल, बडिगाड गाउँपालिका–९ दर्लिङका २३ वर्षीय हिमाल घर्ति घाइते भएको प्रहरीले जानकारी जनाएको छ । सडकदेखि ५० मिटर तल पिकअप जीप खसेको छ । जीपमा ७ जना सवार रहेका थिए ।