बाँदर र बँदेल आतंक नियन्त्रणका लागि आवश्यक कदम चाल्न सांसदहरूको माग

फाल्गुन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
बाँदर र बँदेल आतंक नियन्त्रणका लागि आवश्यक कदम चाल्न सांसदहरूको माग

काठमाडौं । नेपालका ग्रामीण क्षेत्रमा बाँदर र बँदेलले फैलाएको आतंक नियन्त्रणका लागि राज्यका तर्फबाट तत्काल आवश्यक कदम चाल्न सांसदहरूले सरकारसँग माग गरेका छन् । सांसद राजेन्द्र बजगाई‌ंले प्रतिनिधि सभा बैठकमा दर्ता गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा सांसदहरूले बाँदर तथा बँदेलका कारण किसानहरू तनावमा रहेको भन्दै नियन्त्रण गर्न माग गरेका हुन् । 

अहिले गाउँ गाउँसम्म धेरै अप्ठ्यारो परिस्थिति रहेको भन्दै तत्काल गम्भीर रूपमा अगाडि बढ्न प्रस्तावकर्ता सांसदको माग छ । प्रस्तावको छलफलमा भाग लिएका सांसदहरूले बाँदर तथा बँदेल नियन्त्रणका लागि तत्काल विकल्पमा लाग्नुपर्ने धारणा राखेका छन् ।

राज्यले हानिकारक जीवको सूचीमा राखेर मात्रै वैज्ञानिक तरिकाले समस्या समाधान गर्नुपर्ने धारणा सांसदहरूको छ । यस्तै अछामको बयालपाटा अस्पतालमा देखिएको समस्या समाधनका लागि सांसद शेरबहादुर कुँवरले राखेको ध्यानाकर्षण प्रस्तावमाथि समेत छलफल भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement