काठमाडौं महानगरमा ५-६ दिनभित्रै प्रमुख प्रशासकीय अधिकृत पठाउँछौं : मन्त्री गुप्ता

फाल्गुन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं महानगरमा ५-६ दिनभित्रै प्रमुख प्रशासकीय अधिकृत पठाउँछौं : मन्त्री गुप्ता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रमुख प्रशासकीय अधिकृत खाली भएको ठाउँमा एक हप्ताभित्रै पठाउने बताउनुभएको छ । सोमबार संसद् भवन परिसरमा सञ्चरकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुप्ताले सहसचिवहरू लोकसेवा आयोगबाट बढुवा भएर आएको र अहिले तालिमका क्रममा रहेकाले एक हप्ताभित्र प्रमुख प्रशासकीय अधिकृत पठाइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब अहिले सहसचिवहरू लोकसेवा आयोगबाट बढुवा भएर आउनुभएको छ । उहाँहरूको तीन दिनको ट्रेनिङ बाँकी छ । अब ५/६ दिनभित्र काठमाडौं महानगर लगायत प्रमुख प्रशासकविहीन भएका महानगर, उपमहानगरहरूमा पठाउँछौँ । महानगर मेरो पनि हो । संघीय मामिला मन्त्रालयको त्यो एउटा कार्यालय हो । मेयरसा'ब को हुनुहुन्छ, त्यो पछिको कुरा हो । काठमाडौं महानगर मेरो कार्यालय हो । त्यहाँ प्रमुख अधिकारी पठाउने काम मेरो हो ।”


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement