पाथीभरामा केबलकार निर्माण स्थगन गरिने

फाल्गुन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
पाथीभरामा केबलकार निर्माण स्थगन गरिने

काठमाडौं । पाथीभरा क्षेत्रमा केबलकार निर्माण हाललाई स्थगन गरिने भएको छ । केबलकारको विरोधमा आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीद्वारा आज जारी विज्ञप्ति अनुसार केबलकार निर्माण हाललाई स्थगन गरिएको हो ।

वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा समस्याको समाधान वार्ता र संवादबाट गर्ने भन्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन पनि आह्वान गरिएको छ ।

“आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउनुहुन हार्दिक अपिल गर्दछु”, विज्ञप्तिमा भनिएको छ ।

ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्ने क्रममा विवाद उत्पन्न भई तनाव सिर्जना भएपछि गृह मन्त्रालयले गत माघ २० गते वार्ता टोली गठन गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement