निर्धारित समय अगावै ग्रे लिस्टबाट बाहिर निस्कन्छौं : अर्थमन्त्री पौडेल

फाल्गुन ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
निर्धारित समय अगावै ग्रे लिस्टबाट बाहिर निस्कन्छौं : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ग्रे लिस्टबाट बाहिर निस्कने बताउनुभएको छ । फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) ले नेपाललाई ग्रे लिस्टमा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यस्तो परिस्थिति निर्माण भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । पेरिस बैठकबाट नेपालको एक्सन प्लान स्वीकृत भएको छ । एक्सन प्लान अनुसार प्रभावकारी रूपमा काम गरेर हामी निर्धारित समय अगावै ग्रे लिस्टबाट बाहिर निस्कन्छौं ।”

सम्बन्धित समाचार :

नेपाल एफएटीएफको ‘ग्रे लिस्ट’मा

सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन कार्यान्वयनमा प्रश्न उठाउँदै नेपाललाई ‘ग्रे लिस्ट’मा राख्ने-नराख्नेबारे पेरिसमा बैठक


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement