निजामती सेवा विधेयकमा सहमति जुट्ने नदेखेपछि राज्यव्यवस्था समितिद्वारा उपसमिति गठन

फाल्गुन ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
निजामती सेवा विधेयकमा सहमति जुट्ने नदेखेपछि राज्यव्यवस्था समितिद्वारा उपसमिति गठन

काठमाडौं । एक महिनाभन्दा बढी समय छलफल भएको संघीय निजामती सेवा विधेयकमा सहमति जुट्ने नदेखिएपछि राज्यव्यवस्था तथा सुशासन समितिले दफावार छलफल गर्न उपसमिति गठन गरेको छ ।

राज्यव्यवस्था समितिको आज बसेको बैठकले दफावार छलफलका लागि नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको हो । समितिले उपसमितिलाई बढीमा १ महिनाभित्र प्रतिवेदन बुझाउन समय तोकेको छ ।

समितिले १ महिनाभन्दा लामो समय निजामती विधेयकमा छलफल गरेको छ । जसमा १० वटा दफामा छलफल भएका छन् । तीमध्ये २ वटा दफामा मात्रै समितिले सहमति जुटाउन सकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement