गोरखा । आज वैशाख १२ गते । आजभन्दा १० वर्ष पहिले गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । ७.६ म्याग्निच्युडको भूकम्पमा परी ८ हजार ९७९ जनाले ज्यान गुमाएका थिए । त्यस भूकम्पमा परी २२ हजार ३ सय ९ जना घाइते भएका थिए । सोही विनाशकारी भूकम्पको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
भूकम्पले क्षति पुगेको संरचना पुनःनिर्माण त भयो तर आफन्त गुमाएकाहरूलाई भने पुराना पीडाले अझै पनि झस्काउने गर्छ ।
विस्तृत भिडिओमा :