रूपन्देही । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव नेपाल आइपुगेको छ । आज बिहान ७ बजे ओडिसाबाट पठाइएको शव केही बेरअघि नेपाल आइपुगेको हो ।
गोरखपुर हुँदै भारतीय प्रहरीले सुनौली नाकासम्म ल्याएको शव त्यहाँबाट परिवारका सदस्यलाई जिम्मा लगाई नेपाल ल्याइएको हो । प्रकृतिको शव आज भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा राखिनेछ ।