कान्तिपुर पब्लिकेशन्स् ३३औँ वर्षमा प्रवेश

फाल्गुन ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर पब्लिकेशन्स् ३३औँ वर्षमा प्रवेश

काठमाडौं । कान्तिपुर पब्लिकेशन्स् ३३ औँ वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सवको अवसरमा पब्लिकेशन्स्ले प्रकाशकीय मार्फत पाठक र विज्ञापन दातालाई धन्यवाद दिएको छ ।  

परिवर्तनका सबल पक्षलाई अंगीकार र दुर्बल पक्षलाई परिस्कार गर्दै सूचना र संवादको साझा मञ्च सञ्चारमाध्यमलाई अझ उदार र फराकिलो बनाउने जिम्मेवारीलाई पूरा गर्न पब्लिकेशन्स्ले प्रतिबद्धता व्यक्त गरेको छ । 

नेपालमा निराशा नभएर जागरुक समाज चाहिएको भन्दै कान्तिपुरले आफ्ना सूचना संयन्त्रलाई यही अभियानमा समर्पित गरेको बताएको छ ।

सञ्चार र समग्र उद्योगको आत्मबल बढाउन रचनात्मक बहसको वातावरण बढाउनका लागि कान्तिपुरले आफ्नो व्यावसायिक भूमिका पूरा गर्ने समेत बताएको छ ।

‘कान्तिपुरको सफलतापूर्ण ३२ वर्षे यात्रामा सबैभन्दा ठूलो भरोसा हामीले पाठकबाट पाएका छौं, त्यसका लागि हामी सदासर्वदा आभारी छौं । हरेक अनुकूल/प्रतिकूल समयमा विज्ञापनदाता र विज्ञापन एजेन्सीबाट साथ पाएका छौं । त्यस्तै, हरेक बिहान झिसमिसेमै पाठकको घरघरमा पत्रिका पुर्‍याउने डेलिभरी कर्मचारीदेखि सम्पूर्ण विभागका सहकर्मीको लगन र मिहिनेतले कान्तिपुर र नेपालको पत्रकारितालाई समृद्ध बनाएको छ, सबैलाई धन्यवाद,’ कान्तिपुर पब्लिकेशन्स् को प्रकाशकीयमा भनिएको छ ।

जतिसुकै आरोह अवरोह आए पनि कान्तिपुर आफ्नो जिम्मेवारीबाट नडगमगाएको र नडगमगाउने पनि कान्तिपुरले प्रतिबद्धता व्यक्त गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement