रानीमहलमा बसेको लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीको बैठकद्वारा २१ बुँदे साझा प्रतिबद्धता जारी

माघ ३०, २०८१ |माधव अर्याल
रानीमहलमा बसेको लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीको बैठकद्वारा २१ बुँदे साझा प्रतिबद्धता जारी

पाल्पा । पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहलमा बसेको लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीबीचको अन्तरप्रदेश समन्वय बैठकले २१ बुँदे साझा प्रतिवद्धता जारी गरेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेय लगायत प्रदेशका मन्त्री, मुख्य सचिव, सचिवहरू समेतको  सहभागितामा भएको अन्तरप्रदेश समन्वय बैठकले दुवै प्रदेशको रणनीतिक विकासका लागि २१ बुँदे साझा प्रतिबद्धता जारी गरेको हो । 

कालीगण्डकी नदी किनारमा रहेको रानीमहलमा बसेको दुई प्रदेशका मुख्यमन्त्रीको बैठकले पर्यटन र भौतिक पूर्वाधार तथा दुवै प्रदेशका नागरिकको समृद्धि र विकासका साझा सरोकारको विषयलाई जोड दिएको छ ।

दुवै मुख्यमन्त्रीले साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै ऐतिहासिक सम्पदाको रूपमा रहेको पाल्पाको रानीमहलको प्रवर्द्धन र संरक्षण तथा रानीमहल क्षेत्रमा जलाशय सहितको पर्यटकीय पूर्वाधार विकास गर्न संयुक्त कार्य गर्ने बताएका छन् ।

संविधानको धारा २३३ मा भएको व्यवस्थालाई लुम्बिनी र गण्डकी प्रदेशका नागरिकाको विकासका आकांक्षा पूरा गर्न, प्रदेश सरकारका कामकारबाहीलाई प्रभावकारी पार्दै जनताको नजिकमा प्रदेश सकारलाई लैजाने प्रयास स्वरूप पहिलो पटक भएको संयुक्त बैठकले प्रतिबद्धता व्यक्त गरेको हो ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement