काठमाडौं । दक्षिण ललितपुरको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत रिपोर्टिङ गरेर योगदान दिएको भन्दै ललितपुरको महांकाल गाउँपालिकाले कान्तिपुर टेलिभिजनकर्मी अवतार राई र पशुपति बुढाथोकीलाई सम्मान गरेको छ । पालिकाको १६ औं गाउँ अधिवेशनका अवसरमा बुधबार कृषिमन्त्री रामनाथ अधिकारीले कान्तिपुरकर्मी राई र बुढाथोकीलाई सम्मान गर्नुभएको हो ।
गत असोज ११ र १२ गतेको अविरल वर्षाले सबैभन्दा बढी प्रभावित गरेको दक्षिण ललितपुरको महांकाल क्षेत्रमा उद्धार र राहतका लागि सरकारको सहज उपस्थिति नहुँदै रिपोर्टिङका लागि कान्तिपुरको टिम पुगेको थियो । त्यस अवसरमा ललितपुर- १ का सांसद उदयशमशेर राणाले आफूहरू नपुग्दै कान्तिपुर टेलिभिजनले बाढीपहिरोको अवस्था प्रसारण गरेर राज्यलाई झक्झक्याएको भन्दै प्रशंसा गर्नुभयो ।
गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले बाढी पहिरोले बढी क्षति पुर्याएको महांकालमा पुनःस्थापना र क्षतिपूर्तिका लागि सरकारले छिटो पहल गरिदिनुपर्ने बताउनुभयो ।