काठमाडौं । कमलपोखरीस्थित शानदार मम पसलमा आज बिहान ग्यास सिलिन्डर विस्फोट भएको छ । विस्फोटमा परी ११ जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई उपचारका लागि कीर्तिपुरस्थित जलन अस्पताल लगिएको छ ।
बिहीबार बिहान ग्यास लिक भएर विस्फोट भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । “बिहान विस्फोट भएको हो । अहिले विस्तृत विवरण आइसकेको छैन । प्रहरीले मुचुल्का गरिरहेको छ”, उहाँले भन्नुभयो ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।