संसद् भवनमा देउवा-यादव भेटवार्ता जारी

माघ २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
संसद् भवनमा देउवा-यादव भेटवार्ता जारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता चलिरहेको छ । सरकारले संसद्‌मा पेश गरेका अध्यादेशको पक्ष वा विपक्ष केमा उभिने भन्ने निर्णय गर्न देउवा-यादवबीच संघीय संसद् भवन नयाँ बानेश्वरमा भेटवार्ता चलिरहेको हो ।

छलफलमा गृहमन्त्री रमेश लेखक र जसपा नेपालका तर्फबाट राजकिशोर यादव पनि सहभागी हुनुहुन्छ ।

सत्तापक्षले राष्ट्रिय सभाबाट सहजरूपमा अध्यादेश पारित गर्न जसपा नेपाललाई मनाउने प्रयास गरिरहेको छ । हिजो प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच यसबारे छलफल समेत भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement