काठमाडौं । सीजीजी फाइट सिरिजको दोस्रो प्रतियोगिताको रूपमा रहेको छेङ्य गुरुङ स्मृतिमा बक्सिङ र मुबाथाईको प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल बक्सिङ संघको तत्त्वधान तथा यस सीजीजी स्पोर्ट हबको आयोजनामा प्रतियोगिता आउँदो फागुन ९ र १० गते स्वयम्भूमा हुने भएको हो ।
प्रतियोगिता नेपाल, भारत र भुटानबीचको त्रिदेशीय सिरिज समेत हो । प्रतियोगितामा भारतबाट २ टिम आउने र भुटानको एक टिम आउनेछन् । एसियन गेम्स हुँदा नेपालका हेड कोच शिव सेनाले भारतका खेलाडी लिएर आउने छन् भने एसियन गेम्समा भाग लिएका खेलाडीकै अर्को टोली आउने छन् ।
बक्सिङका जुनियर, युथ र सिनियरतर्फ विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यो प्रतियोगिताबाट नेपालका उदीयमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडीहरूलाई मित्र राष्ट्र भारत तथा भुटानका उत्कृष्ट खेलाडीहरू भाग प्रतिस्पर्धा गराई नेपालमा उत्कृष्ट खेलाडी निकाल्ने उद्देश्यका राखेको आयोजकले बताएको छ ।
यस स्पोर्टस हबले पहिलो संस्करण सम्पन्न गरिसकेको छ । नेपालको हिमाली जिल्ला मनाङ जिल्लाको ध्यारुमा जन्मिएका छेङ्य गुरुङले मनाङ जिल्लामा विभिन्न समाजिक कार्यका साथै जिल्लामा रहेका मनाङ गुम्बा, स्वयम्भूहरूको विकास र विस्तारमा पुर्याएको र उनको सम्झनामा प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ ।