काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले अध्यादेशबाट जन्मिएका पार्टीहरूले नै अध्यादेशको विरोध गरिरहेको टिप्पणी गर्नुभएको छ ।
शुक्रबारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले नेकपा (एकीकृत समाजवादी)लक्षित यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले अध्यादेशबाट पार्टी फुटाएर नयाँ पार्टी बनाउनेहरुले अध्यादेशको विरोध गर्नु अचम्म भएको टिप्पणी गर्नुभयो ।
उहाँले अध्यादेश ल्याउने वर्तमान सरकार मात्र नभई विगतमा समेत ल्याउने चलन रहि आएको बताउनु भयो । संसद नचलेको समयमा अध्यादेश जारी गर्नु नियमित प्रक्रिया भएकाले यसमा आपत्ति जनाउनुपर्ने कुनै कारण नभएको समेत बताउनु भयो ।
उहाँले अध्यादेशमा भएका कमजोरिहरूलाई सुधार गर्नुपर्ने भए आवश्यक छलफल गर्न सकिने तर अधयादेश जारी भएकै विषयमा विमति जनाउनुपर्ने कारण नरहेको बताउनु भयो ।