६ दिनपछि नियन्त्रणमा आयो थामलेकको आगो

माघ १४, २०८१ |पुजन धिताल
६ दिनपछि नियन्त्रणमा आयो थामलेकको आगो

काभ्रे । काभ्रेको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमाना थामलेक महाभारत पर्वत शृङ्खलाको सामुदायिक वनमा फैलिएको आगो ६ दिनपछि नियन्त्रणमा आएको छ । गत मंगलबार दिउँसो २ बजेबाट लागेको आगो आज नियन्त्रणमा आएको हो ।

आगो निभाउनका लागि हेलिकोप्टर समेत प्रयोग गरिएको थियो । सिम्रिक एअरको हेलिकोप्टरबाट करिब २४ हजार लिटर पानी आगोलागी भएको क्षेत्रमा खन्याइएको थियो । बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीका अनुसार हिजोसम्म खोंचहरूमा थोरै आगो देखिए पनि आजबाट पूर्णरूपमा आगो नियन्त्रणमा आएको छ ।

बस्ती नजिक रहेको रमितेडाँडा, ज्वानेथुम्को लगायतका क्षेत्रमा आगो हिजै नियन्त्रणमा लिइएको थियो ।

आगलागी महाभारत पर्वत शृंखला आसपासको नारायणस्थानको जङ्गलमा करिब २० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको थियो । क्षतिको यकिन विवरण भने आउन सकेको छैन ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement