प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ

माघ ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ

काठमाडौं । सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारमा आयोजित कार्यक्रममा काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संवाद कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो । शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले उच्च हिमाली तथा तटीय क्षेत्रमा जलवायु परिवर्तनको उच्च जोखिम रहेको बताउनुभयो । उहाँले अहिले विश्वमा प्रविधियुक्त देशहरुमा समेत यसको जोखिम रहेकाले सवैले ध्यान दिनुपर्ने धारणासमेत राख्नुभयो ।

नेपालले जलवायु न्यायका सन्दर्भमा अन्तर्राष्ट्रिय जगतमा सशक्त आवाज उठाउँदै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement