सिरहा । प्रथम मधेश आन्दोलन भएको आज १८ वर्ष पूरा भएको छ । आजका दिनलाई मधेश केन्द्रित दलले विभिन्न कार्यक्रम गरी बलिदानी दिवसका रूपमा समेत मनाइरहेका छन् ।
२०६३ साल माघ ५ गते प्रथम मधेश आन्दोलनका क्रममा पहिलो पटक सिरहाको लहानमा रमेश महतो शहीद हुनुभएको थियो । प्रहरीको गोली लागेर मृत्यु भएपछि मधेशभर आन्दोलन चर्किएको थियो ।
आज मधेश केन्द्रित दल तथा तिनका नेताहरूले लहानस्थित रमेश महतोको सालिकमा माल्यार्पण गर्नेछन् भने अन्य औपचारिक कार्यक्रमहरू पनि हुनेछ ।