सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दोलखाबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ०५३४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा लागेको आगोमा परी चालक दावा छिरिङ लामाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक उमाशंकर यादवले जानकारी दिनुभयो ।
लामोसाँघु-जिरी सडकखण्डको ८ किलो नजिक दुर्घटना भएको थियो ट्रकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जानएको छ ।