काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारले अध्यादेश मार्फत गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले १० वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने व्यवस्था गरेकोमा स्वागत गरेको छ । संघले आज काठमाडौंमा कार्यक्रम गरी अध्यादेशको स्वागत गरेको हो ।
तर, यो व्यवस्थालाई भविष्यमा कानुन बनाउँदा सुधार गर्न र निःशुल्क भिसा नभई भिसा नै लिनुनपर्ने व्यवस्था गर्न एनआरएनले माग गरेको छ ।
यसैगरी नेपालमा लगानी गर्न सहज हुने गरी प्रावधान आएको पनि संघले जनाएको छ । सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको अध्यादेशमा गैरआवासीय नागरिकताप्राप्त व्यक्तिले नेपालमा कम्पनी खोल्न सक्ने र विदेशी लगानीका रुपमा अनुमति लिनु नपर्ने व्यवस्था गरिएको छ ।