रवि लामिछाने स्थलमार्गबाट काठमाडौं आउँदै

पुस २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछाने स्थलमार्गबाट काठमाडौं आउँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पोखराबाट काठमाडौंका लागि हिड्नुभएको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा बिहीबार ६५ लाख धरौटी बुझाएर रिहा हुनुभएका लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन आउन लाग्नुभएको हो । भोली शनिबार परेकाले उहाँ आइतबार मात्र अदालतमा उपस्थित हुनुहुनेछ ।  

लामिछाने आफैं अदालतमा उपस्थित हुने शर्तमा प्रहरीले उहाँलाई परिवारको जिम्मा लगाएको थियो । उहाँ २:३० का लागि काटेको जहाजको टिकेट रद्द गरेर स्थल मार्ग हुँदै काठमाडौं आउन लाग्नुभएको छ । 

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दा लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने सहित सात जनालाई कास्की जिल्ला अदालतले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशसँगै लामिछाने सहित ७ जना अदालतमा धरौटी बुझाएर रिहा भएका छन् ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनको हिरासत बसाइपछि अदालतले तोकेको ६५ लाख धरौटी बुझाएर हिजो साँझ रिहा हुनुभएको हो । अन्य जिल्ला अदालतमा दर्ता भएका मुद्दाको प्रक्रियाका लागि स्वयं उपस्थित हुने सर्तमा कास्की अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो ।

रिहा भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले सबैलाई धन्यवाद दिँदै कानुनप्रति आफ्नो विश्वास र सम्मान रहेको बताउनु भयो । गत पुस ७ गते मुद्दा दायर भई पुस १६ गतेदेखि सुरू भएको थुकछेक बहसपछि हिजो न्यायाधीश नीतिज राईको इजलासले लामिछानेसँग ६५ लाख धरौटी माग गरेको थियो ।

यो पनि हेर्नुहोस :

सूर्यदर्शन सहकारी ठगी प्रकरण : सातमध्ये ६ जना धरौटी बुझाएर रिहा, लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement