इनल्याण्ड एम्पायर नेप्लिज वेलफेयर सोसाइटीको नयाँ कार्यसमिति चयन

पुस २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
इनल्याण्ड एम्पायर नेप्लिज वेलफेयर सोसाइटीको नयाँ कार्यसमिति चयन

क्यालिफोर्निया । इनल्याण्ड एम्पायर नेप्लिज वेलफेयर सोसाइटीको अधिवेशन सम्पन्न भएको छ ।

क्यालिफोर्नियामा आइतबार भएको अधिवेशनले दुई वर्षे कार्यकालको निम्ति नयाँ कार्यसमिति चयन गरेको हो ।

नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषी ढकालको प्रमूख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट अध्यक्षमा दिप शंकर सुवेदी निर्विरोध निर्वाचित हुनुभएको छ । अघिल्लो कार्यकालमा उपाध्यक्ष रहनुभएका सुवेदीले नेपाली समुदायको सेवामा सक्रियता पूर्वक काम गरेको हुँदा अध्यक्षमा चयन गरिएको बताइएको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्ष पदमा गायत्री प्रसाद कट्टेल , महासचिवमा अच्युत चापागाई, कोषाघ्यक्ष पदमा ईन्द्र बुर्लाकोटी(मन्जु), सह कोषाध्यक्षमा नेत्र ढकाल त्यसैगरी अन्य सदस्यहरुमा सुरेश खकुरेल, महेश्वर नेपाल, देविचरण घिमिरे, कोपीला मल्ल, भरत खड्का र केशव पौड्याल सहितका ११ सदस्यीय नयाँ कार्यसमितिले सपथ ग्रहण गरेका छन् ।

कार्यक्रममा अवैतनिक महावाणिज्यदूत ढकाल, मधेसी एसोशिएसन क्यालिफोर्नियीबाट दिनेश शाह लगायतको उपस्थिति रहेको थियो । संस्थापक अध्यक्ष सुशिल चौगाईले स्वागत मन्त्वय राख्नुभएको थियो।

उक्त अधिवेशनबाट संस्थाका विधानमा पनि सर्वसहम्मत रुपमा केहि बुँदाहरु परिवर्तन गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement