महोत्तरीमा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र बलबीच समन्वयात्मक बैठक सम्पन्न

पुस १४, २०८१ |विकास आर्या
महोत्तरीमा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र बलबीच समन्वयात्मक बैठक सम्पन्न

महोत्तरी । मधेश प्रदेश स्थित सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र बलबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

महोत्तरीको बर्दिवास स्थित सशस्त्र प्रहरी बल नेपाल नं-२ छिन्नमस्ता बाहिनी मुख्यालयमा शनिबार साँझ सम्पन्न बैठकमा सीमा सुरक्षा, सिमा अपराध नियन्त्रण तथा रोक थाम, लागु औषध नियन्त्रण, सिमामा हुने अपराधिक गतिविधि नियन्त्रन लगायतको विषयमा छलफल भएको सशस्त्र प्रहरी नायव महानिरिक्षक कालिदास धवौजिले जानकारी दिनुभयो ।

‘सीमा अपराध नियन्त्रणको निमित्त सूचनाको आदानप्रदान तथा नियमित समन्वय तथा सहकार्य अपरिहार्य रहेको एवं नयाँ प्रकृतिका हुन सक्ने अपराधिक गतिविधिलाई समेत समयमै पहिचान गरी आपसी समन्वयमा समाधान गरिदै लगिने दुवै पक्षबीच सहमति भएको छ,’ सशस्त्र प्रहरी नायव महानिरिक्षक धवौजिले भन्नुभयो ‘दुबै सुरक्षा फौजले गर्दै आईरहेको संयुक्त गस्तिका क्षेत्रहरु बढाँउदै लगिने तथा सीमा अपराध नियन्त्रण एवं दुवै क्षेत्रमा हुने चाडपर्व सुरक्षाको निमित्त सानो भन्दा सानो घटनाको समेत एक आपसमा जानकारी गर्ने गराईने अवस्थालाई अझ प्रभावकारी ढंगले अगाडी बढाइने छ ।’

समन्वयात्मक बैठकले अगामी दिनमा सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउँदै अघि बढ्न सहयोग मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा महानिरिक्षक धवौजि तथा भातरीय सशस्त्र सीमा बलको सेक्टर हेडक्वार्टर मुजफरपुरको डिआइजी दिपक कुमार आइपिएस ,सेक्टर हेडक्वाटर पुरेनाको सेक्टर डिआइजी राजेश टिकु र सेक्टर हेडक्वाटर वेतीहाका सेक्टर कमाण्डर डिआजी एस सुव्रमनियमको लगाउतको उपस्थिति रहेको थियो । 


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement