द्रुतमार्ग निर्माणमा देखिएका समस्या लम्बिन दिइँदैन: मन्त्री दाहाल

पुस १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
द्रुतमार्ग निर्माणमा देखिएका समस्या लम्बिन दिइँदैन: मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौं-तराई-मधेश द्रुतमार्ग निर्माणमा देखिएका समस्या लम्बिन नदिने बताउनु भएको छ ।

शनिबार द्रुतमार्गको प्रस्थान विन्दू खोकना देखि बुङ्मती हुँदै फसिडोलसम्मको अवलोकन गर्ने क्रममा फाष्ट ट्र्याक निर्माणमा देखिएका र चुनौती समाधान तर्फ लाग्ने बताउनु भएको हो ।

‘यो फाष्ट ट्र्याक तराई र काठमाडौं जोड्ने लाईफलाईन हो’ निरीक्षणका क्रममा मन्त्री दाहालले भन्नुभयो, ‘यसको प्रस्थान विन्दू कायम गर्ने विषयमा केहि चुनौती देखिएका छन् तर यि विषयलाई लम्बिन दिनुहँदैन, सबैले समाधानको विकल्प खोजि गर्नुपर्छ ।’ सडक निर्माण एवम् विस्तार गर्दा कसैको पनि आस्था माथि प्रहार गर्न नहुनेमा सरकार सजग रहेको भन्दै मन्त्री दाहालले धार्मिक, सांस्कृतिक एवम् परम्परागत मान्यता र अस्थाहरुको संरक्षण गर्दै निकाश निकाल्नु पर्नेमा जोड दिनुभयो ।

फाष्टट्र्याकले सर्वसाधारणको आवातजावत सहज पार्ने मात्र नभई नेपालको बैदेशिक व्यापारलाई समेत प्रवद्र्धन गर्ने भन्दै उहाँले समृद्ध नेपाल निर्माणको एउटा आधारमा रुपमा यसलाई लिईएको मन्त्री दाहालले बताउनुभयो ।

मुआब्जा वितरण, क्षतिपूर्ती, मोही तथा गुठी अदिका विषयहरुलाई निराकरण गरि यसको निर्माण कार्यलाई गति दिन जरुरी रहेको उहाँको जोड थियो । त्यस क्रममा उहाँले फाष्टट्र्याक निर्माणको जिम्मा पाएको नेपाली सेना प्रति सरकारको उच्च भरोसा रहेको बताउनुहुँदै विकास निर्माणमा सेनाको योगदान सह्रानिय रहेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement