आजका मुख्य समाचार,
* विश्वविद्यालयबाट दीक्षित विद्यार्थीमा भविष्यलाई लिएर चिन्ता / स्वदेशमा रोजगारीका अवसर खुम्चिँदा शैक्षिक जनशक्ति व्यवस्थापन गर्न राज्यलाई चुनौती ।
* सहकारी पीडितले बचत फिर्ता पाउन अझै स्पष्ट कानुनको अभाव / अदालतमा पुगेका मुद्दा छिनोफानोमा समेत ढिलाइ / सहजीकरणका लागि प्राधिकरण गठन गर्ने सरकारको तयारी ।
* सातै प्रदेशमा हिउँदे अधिवेशनको सुरसारै छैन / सरकारले विधेयक नपठाउँदा विषयगत समितिहरु पनि कामविहीन / संघीय संसद्को प्रवृत्ति प्रदेशमा झल्कियो ।
* अजरबैजान एयरलाइन्सको विमान दुर्घटनामा रुस जिम्मेवार रहेको अमेरिकाको आरोप / अनुसन्धानमा सहयोग गर्ने प्रस्ताव / बाह्य हस्तक्षेपको मारमा परेको अजरबैजानको गुनासो ।
* अदालतको आदेश र सरकारको निर्देशनविपरीत ओलम्पिक कमिटीको निर्वाचन / सात सदस्यको बहिस्कारका बीच जीवनराम श्रेष्ठ तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित ।