रवि लामिछानेमाथि अनुसन्धानका लागि चार दिन म्याद थप

पुस २, २०८१ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछानेमाथि अनुसन्धानका लागि चार दिन म्याद थप

कास्की । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परी प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि चार दिन म्याद थप गरिएको छ ।

आज कास्की जिल्ला अदालतले लामिछानेमाथि अनुसन्धानका लागि म्याद थप गरेको हो । 

लामिछाने सहित गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी, रामबहादुर खनाल, लीला पछाई र कृष्णबहादुर गुरुङलाई पनि आज म्याद थपका लागि प्रहरीले अदालत पुर्‍याएको थियो । उनीहरूमाथि पनि चार दिन म्याद थप भएको छ । 

कास्की प्रहरीले लामिछानेविरुद्ध अनुसन्धान सकेर सोमबार सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ ।

सम्बन्धित समाचार...

सूर्यदर्शन सहकारी ठगी प्रकरण : के छ प्रहरीले बुझाएको प्रतिवेदनमा ?

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब असुल गर्नुपर्ने प्रहरीको राय

कास्की प्रहरीले बुझायो रास्वपाका सभापति रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement