कास्की । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलीयाले जानकारी दिनुभयो । रायसहितको अनुसन्धान प्रतिवेदन ६ सय पेज लामो छ ।
प्रहरीले रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउन राय दिएको छ । प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोजन गर्न सिफारिस गरेको छ ।