काठमाडौं । सहकारी ठगी सम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराइएको छ ।
लामिछाने सहित गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी, रामबहादुर खनाल, लीला पछाई र कृष्णबहादुर गुरुङलाई पनि अदालत पुर्याइएको छ ।