बाढीबाट क्षति पुगेका बागमतीका विद्यालयको पुनर्निर्माणका लागि ५२ करोड रुपैयाँ लाग्ने

मंसिर २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
बाढीबाट क्षति पुगेका बागमतीका विद्यालयको पुनर्निर्माणका लागि ५२ करोड रुपैयाँ लाग्ने

काठमाडौं । बागमती सरकारले बाढीबाट क्षति पुगेका प्रदेशका विद्यालयको पुनर्निर्माण तथा मर्मतका लागि ५२ करोड रुपैयाँ लाग्ने प्रतिवेदन शिक्षा मन्त्रालयमा पठाएको छ ।

मनसुनजन्य बाढी कारण देशभरमा ४ सय २८ विद्यालयमा बाढीले क्षति पुर्‍याएको थियो । तीमध्ये अधिकांश बागमती प्रदेशका हुन् । शिक्षा मन्त्रालयले पनि विद्यालय पुनर्निर्माणका विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरिसकेको बताएको छ ।

यस्तै मर्मतका लागि प्रति पालिका ६ लाख रुपैयाँ र प्रति प्रदेश २ करोड रुपैयाँका दरले पठाइएको शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराइले जानकारी दिनुभयो । तर क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण र मर्मतका लागि सरकारले ठोस पहल सुरु नगर्दा विद्यार्थीले जोखिमयुक्त विद्यालयमा बसेर पढ्नुपरेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement