काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका लागि राजदूत नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले पोर्चुगलका लागि प्रकाशमणि पौडेल, स्पेनका लागि सनिल नेपाल, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र कोरियाका लागि शिवमाया तुम्बाहाङ्फेलाई राजदूतमा नियुक्त गर्नुभएको हो ।
संविधानको धारा २ सय ८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आज नियुक्त राजदूतहरुले चाँडै सम्बन्धित देशमा पुगेर कार्यभार सम्हाल्नु हुने छ ।