कपिलवस्तु । भैरहवा–तौलिहवा सडकखण्ड अन्तर्गत शुद्धोधन गाउँपालिका-३, गुलरीमा शनिबार बिहान बस र कार ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भएको छ । भैरहवादेखि तौलिहवातर्फ आउँदै गरेको लु२ख २३१ नम्बरको बसले तौलिहवाबाट भैरहवा जाँदै गरेको बा१४च ७४४८ नम्बरको कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कार चालक कपिलवस्तुको वाणगंगा नगरपालिका-४, हरिहरपुर बस्ने ४५ वर्षे ईन्द्रबहादुर सार्की र प्युठानको पकला-७ बस्ने ४३ वर्षीय निमबहादुर सारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निरिक्षक लोकेन्द्र कार्कीले बताउनु भयो ।
कारसँगै लु३८प ९१९९ नम्बरको मोटरसाइकल पनि बससँग ठोक्किएको थियो । दुर्घटनामा बसमा सवार १४ जना घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।