रोल्पामा पुल निर्माणको क्रममा पहिरोले पुर्दा चार जनाको मृत्यु

मंसिर १६, २०८१ |मीनराज रोका
रोल्पामा पुल निर्माणको क्रममा पहिरोले पुर्दा चार जनाको मृत्यु

रोल्पा । रोल्पामा झोलुङ्गे पुल निर्माण गर्ने क्रममा पहिरोले पुरिएर चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा दुई पुरुष र दुई महिला रहेका छन् । जिल्लाको सुनछहरी गाउँपालिका-३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागि खाल्डोमा काम गर्दै गरेका कामदारलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिनु भएको छ । बेपत्ता एक जनाको खोजी भइरहेको प्रवक्ता शाहीले बताउनु भएको छ ।

मृतकहरुको पहिचान हुन बाँकी छ । 


Image

मीनराज रोका

रोका कान्तिपुर टेलिभिजन रोल्पा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement