
पाँचथर । प्रतिनिधि सभा निर्वाचनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न पाँचथरमा नमुना मतदान अभ्यास गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खट्ने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई सहभागी गराएर नमुना मतदान अभ्यास गराएका हुन् ।
त्यसक्रममा मतदान सामग्री बुझेदेखि मतदान केन्द्रसम्म लैजानेलगायतका सम्पूर्ण प्रक्रियाको डेमो गरिएको थियो ।