.png&w=1000&height=550)
काठमाडौं । एन्फा राष्ट्रिय लिगमा श्री भगवती क्लब र सातदोबाटो युवा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुवै टोलीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनन् । आक्रामक प्रदर्शन गरेको सातदोबाटोले राम्रो अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन । पहिलो हाफमा सातदोबाटोका फोडे फोफानाको हेडर गोल पोष्टको माथिबाट बाहिरिएको थियो भने श्री भगवतीका सुजन डंगोलको प्रयास झिनो अन्तरले गोल पोष्टबाट बाहिरिएको थियो ।
दोस्रो हाफमा अजित लामाको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले रोकिदिए । यससँगै सातदोबाटो ७ खेलमा ६ अंक जोडेको छ भने भने श्री भगवतीको ५ अंक छ । बुधबारनै सम्पन्न दिनको पहिलो खेलमा लालीगुराँस एसोसिएसनले कांक्रेविहार क्लबलाई ४-१ ले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ ।
सात खेलसम्म अपराजित लालीगुराँसले ५ जित र २ बराबरीबाट १७ अंक जोडेको छ । समान खेल खेलेको काँक्रेविहार अझै जितविहीन छ ।