हुम्ला । गाउँपालिकाको उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार नरेश शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । उहाँले नेपाली कांग्रेसका उम्मेदवार सबिता बुढालाई समर्थन गर्दै आफ्नो फिर्ता लिनुभएको हो ।
शनिबार आफ्नो मतदानकेन्द्र पुगेका शाहीले स्वतन्त्र रुपमा दिएको उम्मेदवारी त्याग गरी नेपाली कांग्रेसका उम्मेदबार बुढालाई समर्थन गरेको घोषणा गर्नुभएको हो ।
गाउँपालिकामा रित्त रहेको उपाध्यक्ष पदका लागि पाँच दल र दुई स्वतन्त्रसहित ७ जनाले मनोनयन दर्ता गराएका भए पनि उम्मेदवारी फिर्ता लिने समयमा स्वतन्त्र उम्मेदवार रामसरा खड्का साउद र नरेश शाहीले आफ्नो फिर्ता लिएपछि अब ५ जनाको उम्मेदवारी कायम रहेको छ ।
२०७९ स्थानीय तहको निर्वाचनबाट नेकपा माओबादी केन्द्रबाट उम्मेदवार बनेर निर्वाचित उपाध्यक्ष चन्द्रसिंह कार्कीको २०८१ भाद्र ४ गते सवारी दुर्घटनामा निधन भएपछि उक्त गाउँपालिकामा उप निर्वाचन हुन लागेको हो ।
शाहीको उम्मेदवारी त्यागसँगै रिक्त रहेको गाउँपालिकाको उपाध्यक्षका सर्केगार्डमा उपाध्यक्ष पदका लागि कांग्रेसबाट सविता बुढा, नेकपा एमालेबाट जाना शाही, नेकपा माओवादी केन्द्रबाट देबकी तिमिल्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संगिता शाही र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाँचु बुढा गरी ५ जनाको उम्मेदवारी कायम रहेको छ ।