चीन भ्रमणका क्रममा को-को सँग हुनेछ प्रधानमन्त्री ओलीको भेटवार्ता ?

मंसिर १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
चीन भ्रमणका क्रममा को-को सँग हुनेछ प्रधानमन्त्री ओलीको भेटवार्ता ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ देखि हुने चीन भ्रमणको क्रममा चीनका राष्ट्रपति सी जिनपिङ र राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा हुन लागेको यस भ्रमणमा प्रधानमन्त्री ओलीको उच्चस्तरीय भेटघाटहरू, द्विपक्षीय वार्ता, र व्यापार मञ्चहरूमा सहभागिता रहने परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ ।

साथै उहाँले पेकिङ विश्वविद्यालयमा विशेष सम्बोधन गर्ने भएका छन् । पेकिङ विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले नेपाल-चीन सम्बन्ध, क्षेत्रीय सहकार्य, र समसामयिक अन्तर्राष्ट्रिय मुद्दाबारे आफ्ना विचार प्रस्तुत गर्नुहुनेछ ।

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघ को संयुक्त आयोजनामा हुने नेपाल-चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement