सामाजिक सञ्जालबाट द्वेषपूर्ण र भ्रामक अभिव्यक्ति सार्वजनिक नगर्न गृह मन्त्रालयको अनुरोध

मंसिर १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
सामाजिक सञ्जालबाट द्वेषपूर्ण र भ्रामक अभिव्यक्ति सार्वजनिक नगर्न गृह मन्त्रालयको अनुरोध

काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जालबाट द्वेषपूर्ण र भ्रामक अभिव्यक्ति सार्वजनिक नगर्न अनुरोध गरेको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले आज एक विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव र मर्यादामा आँच पुऱ्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुऱ्याउने घृणाजन्य अभिव्यक्तितर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “पछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जाल लगायतका माध्यमको गलत प्रयोग गरी कानूनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुऱ्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुऱ्याउने किसिमले घृणाजन्य अभिव्यक्ति गरिरहेको तर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। जो कोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानुनद्वारा वर्जित र दण्डनीय त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याइने भएकोले त्यस्तो कार्य नगर्न नगराउनु हुन सम्बन्धित सबैमा सादर अनुरोध छ।”

मन्त्रालयले नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको हकप्रति सदैव सचेत रहेको उल्लेख गर्दै संविधानप्रदत्त मौलिक हकको कार्यान्वयन र सुनिश्चितताको लागि क्रियाशील र प्रतिबद्ध रहेको पनि जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement