पश्चिम नवलपरासी । १५ दिनअघि स्थापना भएको सडक पूर्वाधार कार्यालय अझै सञ्चालनमा आएको छैन । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले गत कात्तिक २६ गते उद्घाटन गर्नु भएको कार्यालयमा कामकाज शुरू नभएपछि सेवाग्राही निराश भएका छन् ।
जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा स्थापना गरिएको कार्यालयमा फर्निचर र विद्युत जडान नहुँदा कामकाज सञ्चालन हुन नसकेको भौतिक पूर्वाधार विकास मन्त्रालय सडक तथा पुल महाशाखाका प्रवक्ता विनोदकुमार चौधरीले बताउनु भयो । कार्यालय स्थापना भए पनि मन्त्रालयले आवश्यक योजनाको विवरण र खर्चको व्यवस्थापन गरेको छैन ।
कार्यालय सञ्चालनका लागि आठौं तहका एक इन्जिनीयर सहित १३ जना कर्मचारीको दरबन्दी तोकिएको छ । सेवाग्राही प्रदेशस्तरीय योजनाको लागि रूपन्देही जानुपर्ने बाध्यता छ ।