जिल्ला प्रशासन कार्यालय महोत्तरीका नासु यादव अख्तियार नियन्त्रणमा

मंसिर ७, २०८१ |विकास आर्या
जिल्ला प्रशासन कार्यालय महोत्तरीका नासु यादव अख्तियार नियन्त्रणमा

महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नासु (नायब सुब्बा) अशोककुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार बिहान अख्तियारको टोलीले मुद्दा शाखाका नासु यादवलाई २० हजार रुपैयाँ घुस र केही महत्त्वपूर्ण कागजात सहित नियन्त्रणमा लिएको हो । सवारी ज्यान मुद्दामा सवारीधनीले जम्मा गरेको क्रिया खर्च रकम मृतकको हकवालाले पटक पटक माग गर्दा यादवले घुस मागेको भन्दै अख्तियारमा उजुरी परेपछि शुक्रबार अख्तियारबाट खटेको टोलीले यादवलाई मृतकका परिवारबाट लिएको घुस सहित पक्राउ गरेको हो ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement