काठमाडौं । काठमाडौं उपत्यकाभित्र कायम गरिएको सडक तथा खोलाको मापदण्ड खारेजीको माग गर्दै आज काठमाडौंमा प्रदर्शन भएको छ ।
भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
अभियन्ता सुमन सायमीलगायतको अगुवाइमा बागमती नदी किनारबाट र्यालीसहित माइतीघर मण्डलामा पुगेकाहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले सडक तथा खोलाको नयाँ मापदण्ड खारेजीको माग गरेका छन् ।
सर्वोच्च अदालतले नदी किनारबाट दायाबायाा २०/२० मिटर छाडेर मात्र संरक्षण बनाउन पाइने आदेश दिएको थियो । सो आदेशविरुद्ध सरकारले सर्वोच्चमै भ्याकेट निवेदन दिएको छ ।