नारायणगढ-बुटवल सडक खण्डको काम तत्काल सक्न स्थानीय तहका जनप्रतिनिधिको माग

काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तोड्न आग्रह
मंसिरसम्म पर्खन प्रधानमन्त्री ओलीको सुझाव
कार्तिक २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
नारायणगढ-बुटवल सडक खण्डको काम तत्काल सक्न स्थानीय तहका जनप्रतिनिधिको माग

काठमाडौं । महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्ड स्तरोन्नतिको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनीले समयमै काम नसक्दा पनि ठेक्का तोड्नेभन्दा रिझाएर अघि बढ्ने नीति सरकारले लिएको छ ।

नारायणगढ–बुटवल सडक खण्डको काम छिटो सक्न माग गर्दै काठमाडौं आएका जनप्रतिनिधिसँग प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अझै केही समय कुर्न भन्दै ठेक्का तोड्न नसकिने जवाफ दिएका दिनुभएको हो । सरकारका उच्च अधिकारीहरूले पुनः ठेक्का लगाउँदा लागत बढी हुने भन्दै मंसिरसम्म कुर्न भनेका हुन् । ६ वर्षअघिको लागतमा काम गर्न समस्या भएको भन्दै चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले भने काम रोकेको छ ।

२०७९ साउन २२ गतेभित्र सक्ने गरी २०७५ चैतमा ८ मा यो आयोजनाको ठेक्का लगाइएको थियो । तर अहिलेसम्म ५२ प्रतिशत मात्र काम भएको छ । यस क्षेत्रका जनप्रतिनिधिहरूले वर्षाको समयमा हिलाम्मे सडकमा गाडी चिप्लिने र हिउँदमा धूलो उड्ने गरेको भन्दै तत्काल निर्माणको काम सक्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

सरकारले गत साउनमा तेस्रो पटक आयोजनाको म्याद थपेको छ । तर निर्माण कम्पनीले काम अघि बढाएको छैन ।

यो पनि हेर्नुहोस्...

बुटवल–नारायणगढ सडकको ठेक्का तोड्नुको विकल्प छैन : प्रधानमन्त्री ओली


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.