यू-१९ राष्ट्रिय टोलीले विश्वकप खेल्नु देशका लागि उपहार हो : इन्दु बर्मा

कार्तिक २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
यू-१९ राष्ट्रिय टोलीले विश्वकप खेल्नु देशका लागि उपहार हो : इन्दु बर्मा

काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले यू-१९ राष्ट्रिय महिला क्रिकेट टिमले विश्वकप खेल्नु देशका लागि उपहार भएको बताइन् ।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभको तेस्रो सत्र 'मैदानमा महिला नायक' शीर्षकमा भएको छलफलमा बर्माले यस्तो बताइन् ।

'यू -१९ राष्ट्रिय महिला क्रिकेट टिमले जुन हिसाबको इतिहास बनाएको छ । हामीजस्ता सिनियर अनि पूरा देशलाई नै एउटा राम्रो उपहार दिनु भएको छ । जितका लागि २ रन बाँकी हुँदा जुन चौका प्रहार गर्नुभयो,' उनले भनिन्, 'हामी त एकदम भावुक भएका थियौं । सन् २००७ मा बनेको महिला टिमले २०२४ सम्म आइपुग्दा १८ वर्षको यात्रामा विश्वकप खेल्ने बाटो देखाइदियो ।'

उनी महिला खेलाडीका लागि पनि एनपीएल हुनुपर्ने बताइन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.