काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना गरेको भन्दै रिट निवेदन दर्ता भएको छ ।
प्रहरीले रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगीको आरोपमा पक्राउ गरी अदालतको अनुमतिमा म्याद थप गरी अनुसन्धान गरिरहेका बेला रास्वपाका पदाधिकारीसहित नेता कार्यकर्ताले सडकमा प्रर्दशन गरेर अदालतको अवहेलना गरेको भन्दै अनुपम भट्टराईले सर्वोच्चमा अदालतमा अवहेलनाको निवेदन दर्ता गराउनुभएको हो ।
सर्वोच्च अदालतका सह-रजिष्ट्रार एवम् प्रवक्ता अच्यूत कुइँकेलले अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता भएको जानकारी दिनुभयो ।