लोकरिझ्याइँ र फेक न्यूजका कारण लोकतन्त्रको आधारशिला खतरामा पर्ने अवस्था आयो : अध्यक्ष सिरोहिया

कार्तिक २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
लोकरिझ्याइँ र फेक न्यूजका कारण लोकतन्त्रको आधारशिला खतरामा पर्ने अवस्था आयो : अध्यक्ष सिरोहिया

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले लोकरिझ्याँइ र फेक न्यूजका कारण लोकतन्त्रको आधारशिला खतरामा पर्ने अवस्था आएको बताउनु भएको छ ।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरको 'कान्तिपुर कन्क्लेभ-२०२४' मा सम्बोधन गर्दै सिरोहियाले नेपालमा पछिल्लो समय भ्रष्टाचार र सुशासनको समस्यासँगै नेतृत्वप्रतिको विश्वास घटिरहेको भन्दै यो समस्या समाधान गर्दै नेतृत्वले विश्वास आर्जन गर्नुपर्ने उहाँको भनाइ छ ।

कन्क्लेभको उद्घाटन गर्दै सिरोहियाले लोकतान्त्रिक आयाममाथि थपिएका चुनौतीमाथि सार्थक बहस गरि लोकतन्त्रलाई मजबुत बनाउन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

कन्क्लेभको पहिलो दिन आज ‘दोबाटोमा लोकतन्त्र’, ‘नीति र समृद्धि’, ‘लोकरिझ्याइँको लहर’, ‘सामाजिक सञ्जाल : दुईधारे तरबार’, ‘कलम र शक्ति : नेपाली लोकतन्त्र र पत्रकारिताका तीन दशक’ र ‘प्रचण्डपथ : सडक कि सत्ता?’ शीर्षकमा बहस हुनेछन्।

दोस्रो दिन भोलि बिहीबार ‘निर्वाचन सुधार : नीति कि प्रवृत्ति?’, ‘भूराजनीतिक खलबल’, ‘मैदानमा महिला नायक’, ‘सीमापार समृद्धि’, ‘मुख्यमन्त्रीका मुख्य मुद्दा’ र ‘प्रधानमन्त्रीसँग परिसंवाद’ शीर्षकका सत्र रहेका छन्।

एनआईसी एसिया बैंकको मुख्य प्रायोजन र एसियन पेन्ट्सको सहप्रायोजन हुने बहसका १२ सत्रमा १० विदेशीसहित ५५ वक्ता रहनेछन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.