कान्तिपुर कन्क्लेभमा पहिलो दिन ६ विषयमा बहस, भोलि पनि ६ शीर्षकमा बहस

कार्तिक २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर कन्क्लेभमा पहिलो दिन ६ विषयमा बहस, भोलि पनि ६ शीर्षकमा बहस

काठमाडौं । कान्तिपुर कन्क्लेभको पहिलो दिन विभिन्न ६ वटा सत्रमा बहस भएका छन् । फरक-फरक विषयमा भएका बहसमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरुले आ-आफ्नो धारणा राखेका छन् ।

काठमाडौंको हायात होटलमा आयोजित कन्क्लेभको पहिलो सत्र 'दोबाटोमा लोकतन्त्र' शीर्षकमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकको लोकतन्त्र दोबाटोमा नभई घुम्तीमा रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समस्या छ भन्ने स्वीकार गरे मात्र व्यवस्था र शासन प्रणाली सुधार गर्न सकिने भन्दै लोकतन्त्र दोबाटोमा पुर्‍याउने जिम्मेवारी कसैले नलिए आफूले लिने बताउनुभयो ।

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झााक्रीले सामाजिक न्यायमा आधारित लोकतन्त्रको खोजी भइरहेकोमा जोड दिनुभयो ।

कन्क्लेभको दोस्रो सत्र 'नीति र समृद्धि' शीर्षकमा पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडाले राजनीतिक परिवर्तनसँगै नेतृत्वले गर्न चाहेको कुरा नीतिले समाउन नसक्दा मुलुकको समृद्धि यात्रामा असर परेको जिकिर गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद एवम् उद्योगी विनोद चौधरीले अर्थतन्त्रमा ८० प्रतिशत योगदान गर्ने निजी क्षेत्रले कानुनी दायराभित्र रहेर सम्पत्ति आर्जन गर्दा पनि आलोचना खेप्नुपरेकोमा चिन्ता व्यक्त गर्नु भयो ।

तेस्रो सत्र 'लोकरिझ्याइँको लहर' शीर्षकमा भारतीय राजनीतिशास्त्री प्रताव भानु मेहताले अर्थतन्त्र सुधारको नीति पपुलिस्ट नेताहरुको प्राथमिकतामा नपर्ने गरेको बताउनुभयो ।

चौथो सत्र 'सामाजिक सञ्जाल : दुईधारे तरबार' शीर्षकमा बहस भएको थियो । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले समाजमा रहेका विभेद र हिंसा सामाजिक सञ्जालमा सरेको टिप्पणी गर्नुभयो ।

पााचौं सत्र 'कलम र सत्ता : नेपाली लोकतन्त्र र पत्रकारिताका तीन दशक' शीर्षकमा कान्तिपुर र काठमाडौं पोष्टका पूर्वसम्पादकहरुले कान्तिपुर स्थापनादेखि अहिलेसम्म नेपालको पत्रकारिता क्षेत्रमा देखिएका चुनौतीको चर्चा गर्नुभयो ।

बुधबार सुरु भएको कान्तिपुर कन्क्लेभ बिहीबारसम्म चल्नेछ । बिहीबार पनि विभिन्न विषयका ६ सत्र सञ्चालन हुनेछन् । 'डेमोक्रेसी इन डिले'मा यस वर्षको कान्तिपुर कन्क्लेभको मुख्य विषय हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.