काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीसहित ९ जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा कोशीका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आज अनुमति दिएको हो ।
पूर्वमन्त्री अधिकारी आइतबार पक्राउ परेका थिए । त्यसबेला अदालतले २ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । मानव तस्करी प्रकरणमा हिजो पनि दुई जना पक्राउ परेका छन् ।
तत्कालीनमन्त्री अधिकारी जापानको टोकियोमा हुने एक कार्यक्रममा सहभागी हुन भन्दै कात्तिक ११ मा जापान जाँदा असम्बन्धित व्यक्तिलाई पनि लगेको भन्दै जापानको अध्यागमनले सोधपुछ गरेको थियो । त्यसपछि उनलाई नेपाल फिर्ता पठाइएको थियो ।
मानव तस्करीको आरोपमा जोडिएपछि अरु ८ जना पक्राउ परिसकेका छन् ।