पाकेको धान पानीले डुबाएपछि बाँकेका किसान चिन्तित

कार्तिक २३, २०८१ |जे पाण्डे
पाकेको धान पानीले डुबाएपछि बाँकेका किसान चिन्तित

नेपालगन्ज । यो बर्ष धानको उत्पादनमा बृद्धि हुने आशामा रहेका पश्चिम तराइको बाँकेका किसानले खेतमा काटेको धान बर्षाको पानीले डुबेपछि ठूलो क्षति सहनु परेको छ । भिजेको धान कुट्दा चामल टुक्रा परेर पिठो जस्तो हुने भएकाले पशु चौपायलाई खुवाउने बाहेक अन्य काममा प्रयोग गर्न नसकिने भएकाले किसान मर्कामा परेका छन् ।

धान रोपाइसँगै यो वर्ष पश्चिम तराई मौसम र वर्षाले साथ दियो । पानीको कमी नभएपछि धानका पोटिला बाला खेतमा लहलह झुले । बाँके पुरैनाका रमे मुबारक कबाडीयाले पाकेको धान काटेर खेतमा निहीन लगाउनु भयो । उठाएर खलियानमा लैजान बाँकी थियो । अपेक्षित उत्पादन हुने देखिएपछि परिवार खुसीले गदगद थिए । तर गत मंगलबार अचाकन भारी वर्षा भयो । खेतमा काटेर राखेको सबै धान डुब्यो । डुबेको धान बटुलेर खेतको आली र सडक छेउमा सुकाउँदै गरेका रमे मुबारक हाँस्नु र रुनुको अवस्थामा हुनुहुन्छ ।

कबाडीयाको जस्तै अवस्था छ अर्का किसान राजु पासीको । भिजेर लतरक्क भएको धान खेतमै कुहिन थालेकाले उठाएर सुकाउने र त्यसपछि थ्रेसरमा झार्ने पक्षमा हुनुहुन्छ । तर भिजेको धान यसरी सुकाएर झारे पनि मिलमा कुट्दा चामल पुरै टुक्रैटुक्रा पर्ने हुँदा ठूलो क्षति सहनुपर्ने हुन्छ ।

मंगलबार राति भएको वर्षाका कारण धेरै जसो किसानले काटेर राखेको धान डुबानमा परेकाले क्षति पुगेको हो । वर्षा अघिसम्म मोटा धान ३ हजार २ सय रुपैयाँ र मसिनो ३ हजार ६ सय रुपैयाँ क्विन्टल थियो । तर वर्षापछि धानको भाउ प्रति क्विन्टल २ सय रुपैयाँ घटेको छ । त्यो पनि काटेर खेतमा राखेको धान व्यापारीले देख्ने बित्तिकै थाहा पाउने भएकाले खरिद गर्दैनन् ।

वर्षापछि कहाँ कस्को कति धानबालीमा क्षति पुग्यो ? त्यसको कुनै सरकारी तत्थ्याङक छैन । नत कुनै सरकारी निकायले किसानको समस्या बुझ्न सरकारी अधिकारीलाई नै पठाएको छ 


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement