पाँचथरमा पनि छठ पर्वको उल्लास

कार्तिक २२, २०८१ |लक्ष्मी गौतम
पाँचथरमा पनि छठ पर्वको उल्लास

पाँचथर । पहाडी जिल्ला पाँचथरमा पनि छठ पर्व मनाइएको छ ।

तराईका विभिन्न जिल्लाबाट आई पाँचथरलाई कर्मक्षेत्र बनाएका नागरिकसँगै स्थानीयले छठ पर्व मनाएका हुन् । फिदिम बजारको शिवालय र अस्पताल नजिकैको शिव मन्दिर क्षेत्रमा स्थानीयले जल कुण्ड निर्माणसँगै मन्दिर क्षेत्र सिँगारेका छन् ।

सदरमुकामसँगै जिल्लाका विभिन्न स्थानमा साँझ अस्ताँउदो सूर्यलाई अर्घ्य दिनुका साथै उपसना गरेर छठ पर्व मनाइएको हो । ब्रतालुहरुले छठीमाताको आरधना गर्दै गीत र भजन पनि प्रस्तुत गरेका छन् ।

सिँगारिएका स्थलमा निर्मित कुण्डबाट भोलि बिहानै उदाँउदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गर्ने तयारी भइरहेको ब्रतालुहरूको भनाइ छ ।

पँचथर जाल्लामा छठको माहौल सुरु भएसँगै यहॉका आदीवासी जनजातीसहित विभिन्न समुदायका नागरिकले आत्मियता बाँड्दै छठ पर्व मनाइरहेका छन् ।


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement