नेपालबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानको भाडा औसतमा ५० प्रतिशत बढ्यो

काठमाडौं -दिल्लीको एकतर्फी भाडा १२ हजारबाट बढेर ४० हजार पुग्यो
कार्तिक १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानको भाडा औसतमा ५० प्रतिशत बढ्यो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धावनमार्ग विस्तारको सूचना जारी गरेसँगै हवाई सेवा प्रदायकहरुले नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानको भाडा ५० प्रतिशतसम्म बढाएका छन् ।

नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स–नाटाले मागभन्दा आपूर्ति कम भएपछि हवाई टिकट महँगो भएको जनाएको छ । काठमाडौं-दिल्लीको एकतर्फी भाडा १२ हजारबाट ४० हजार पुर्‍याइएको छ । नागरिक उड्यन प्राधिकरणले त्रिभुवन विमानस्थल कात्तिक २३ देखि दैनिक १० घण्टा मर्मत गर्न सूचना जारी गरेसँगै हवाईसेवा प्रदायकले भाडा बढाएका हुन् ।

नागरिक उड्डयन प्राधिकरणले धावनमार्ग विस्तारका लागि कात्तिक २३ देखि चैत १८ सम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द गर्न सूचना जारी गरेको छ । राति १० बजेदेखि बिहान १० बजेसम्म विमानस्थल बन्द हुने छ ।

प्राधिकरणको सूचनासँगै निजी हवाईसेवा प्रदायक कम्पनीहरुले उडान संख्या कटौती हुने भन्दै मूल्य बढाए पनि नेपाल एयरलाईन्सले भने सेवा थप्न सकेको छैन । एउटा वाईडबडी मर्मतका लागि बाहिर रहेको र ३ वटाले मात्र उडान भरेको हुँदा उडान थप्न नसक्ने जानकारी नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement